राष्ट्रिय सभाकाे बैठक भदाै ३० गतेसम्मका लागि स्थगित

काठमाडौँ – राष्ट्रिय सभाकाे बैठक आउँदाे भदाै ३० गतेसम्मका लागि स्थगित भएकाे छ । नेकपा एमालेकाे अवराेधका कारण राष्ट्रिय सभाकाे बैठक भदाै ३० गतेसम्मका लागि स्थगित गरिएकाे हाे । 

आज बसेकाे पहिलाे बैठकमा एमालेले अवराेध गरेपछि बैठक १५ मिनेटसम्मका लागि स्थगित गरिएकाे थियाे । त्यसपछि सुरु भएकाे बैठकमा पनि एमालेले अवराेध गरेपछि बैठक भदाै ३० गतेसम्म स्थगित गरिएकाे हाे । 

एमाले सांसदकाे विराेधकै बीच राष्ट्रिय सभाबाट लोक सेवा आयोग विधेयक २०७८ पारित भएकाे छ । 

एमाले सांसदकै अवराेधका कारण प्रतिनिधि सभाकाे बैठक पनि भाेलि मङ्गलवार २९ गतेसम्मका लागि स्थगित भएकाे छ । 

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा