प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरुद्ध, एमाले सांसदको नाराबाजी जारी

काठमाडौं- प्रतिनिधिसभाको आज (आइतबार) को दोस्रो बैठकमा नेकपा एमालेका सांसदले अवरोध गरेका छन् । १५ मिनेटको स्थगनपछि सूचारु भएको बैठमा एमाले सांसदले नाराबाजी गरिरहेका छन् ।

एमालेले कारबाही गरेका १४ सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै उनीहरूले आज पनि नाराबाजी गरेका हुन् । संवैधानिक सर्वोच्चता कायम गर, पार्टी फुटाउने षड्यन्त्र मुर्दावाद लगायतका नारा एमाले सांसदहरुले लगाइरहेका छन् ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा