काठमाडौ- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधि सभाको बैठकमा आज (शुक्रबार) पनि अवरोध गरेको छ । नेकपा एमालेका सांसदहरुले संसदीय सर्वोच्चता कायम गर, संसद्मा बल प्रयोग गर्न पाइँदैन जस्ता नारा लगाइरहेपछि सभामुखले १५ मिनेटका लागि स्थगित गरेका छन् ।
उनीहरुले वेल घेराउ गर्दै नाराबाजी जारी राखेका थिए । सभामुख अग्नि सापकोटाले अदालतमा विचाराधीन मुद्दामा संसद्मा छलफल हुन नसक्ने र आफूले जवाफ दिइसकेको बताएका छन् । एमालेले पार्टी विभाजनमा सभामुखले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको भन्दै अवरोध जारी राखेको छ ।

