सकिँदै टोकियो ओलम्पिक, पदक तालिकामा अमेरिका र चीन बराबरीमा

काठमाडौं – टोकियो ओलम्पिक २०२० आइतबार सकिँदै छ। अन्तिम दिन १३ स्पर्धामा स्वर्ण विजेताको टुंगो लाग्दै छ।

पदक तालिकामा अमेरिकाले चीनसँग स्वर्णको बराबरी गर्दै समग्रमा अग्रता कायमै राखेको छ। अमेरिकाले ३८ स्वर्ण, ३९ रजत र ३३ कास्यसहित एक सय १० पदक जितेर शीर्षस्थानमा छ। दोस्रो स्थानमा रहेको चीनले ३८ स्वर्ण, ३१ रजत र १८ कास्यसहित ८७ पदक जितेर दोस्रो स्थानमा छ। घरेलु टोली जापान २७ स्वर्ण, १४ रजत र १७ कास्यसहित ५८ पदक जितेर तेस्रो स्थानमा छ। चौथो स्थानमा रहेको बेलायतले २१ स्वर्ण, २१ रजत र २२ कास्यसहित ५८ पदक जितेको छ।

रुसले २० स्वर्ण, २७ रजत र २३ कास्यसहित ७० पदक जितेको छ। अस्ट्रेलिया, नेदरल्यान्ड्स, जर्मनी र इटालीले पनि कम्तीमा १० स्वर्ण पदक जितेका छन्। ६३ देशले कम्तीमा एउटा स्वर्ण पदक जितेका छन् भने ८६ देशले कम्तीमा एउटा पदक जितेका छन्।

प्रतियोगितामा ३ सय ३९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो। शरर्णाथी टोली र २ सय ५ देशको सहभागिता रहेको छ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा