October 22, 2024, Tuesday
KN hd tv

बलिउड अभिनेता अमिताभ र छोरा अभिषेकलाई कोरोना संक्रमण पुष्टि

बलिउड अभिनेता अमिताभ बच्चनसँगै उहाँका  छोरा तथा अभिनेता अभिषेकलाई पनि कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

अभिषेकले आफ्नो आधिकारिक ट्विटरमार्फत् आफू र बुवा अमिताभलाई कोरोना सङ्क्रमण भएको जानकारी दिएपछि दुवैजनालाई अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अभिषेकले दुवैजनालाई कोरोनाको सामान्य लक्ष्यण देखिएको ट्वीटरमार्फत् जानकारी दिनुभएको छ । अहिले उहाँहरुका परिवारका अरु सदस्यकोसमेत  कोरोना परीक्षण भइरहेको छ । परिवारका सदस्यको रिपोर्ट भने आज आउने जनाइएको छ ।

अभिनेता अभिषेकले सबैलाई शान्त रहन र नआत्तिन आग्रह समेत गर्नभएको छ ।

अमिताभले पनि ट्वीटरमार्फत् गएको १० दिन भित्र आफ्नो सम्पर्कमा आउनेहरुलाई पनि कोरोनाको परीक्षण गराउन आग्रह गर्नुभएको छ ।

शीर्ष समाचार

धेरै पढिएको