October 22, 2024, Tuesday
KN hd tv

पत्रकारलाई स्वास्थ्य सामाग्री वितरण

काठमाडौ – नेपाल प्रेस युनियनले कोरना महामारीको बेला अग्रपक्तिमा खटिने पत्रकारहरुलाई स्वास्थ्य समाग्री वितरण गरेको छ ।
नेपाली का्रग्रेसका सहमहामन्त्री डा.प्रकाशरण महत,नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट, नेपाल प्रेस युनियका अध्यक्ष बद्री सिग्देल सहित वरिष्ठ पत्रकारहरु उपस्थितिमा नेपाल प्रेस युनियन प्रकाशन विभागले स्वास्थ्य सामाग्री वितरण गरेको हो ।
सो कार्याक्रममा बोल्दै महतले कोरना संक्रमणको रोकथाम र नियन्त्रण गर्न सरकार पूर्ण रुपमा असफल भएको भन्दै सरकारको असंवेदनशीलातको कारण परिस्थिति झन भयावह हुन लागेको बताए । अहिलेको गम्भिर परिस्थतिमा सञ्चार गृहहरुले पत्रकारहरुलाई जागिरीबाट निकाल्नु अत्यन्त दुभाग्र्य भएको उनको भनाई थियो ।‘यस्तो बेला एक जना पत्रकारलाई पनि सञ्चारगृहरुले बेरोजगार गराउन मिल्दैन’महतले भने,‘पत्रकारले खाइपाइ आएको तलबमा नघटाइ,त्यसमा महामारीमा खटिने पत्रकाहरुलाई थप सुविधा दिनु पर्छ, ।’ सञ्चारगृहरुले तबल दिन नसकेका पत्रकारहको जागिरीको सुनिश्चित गराउन सरकारले पहल गर्नु पर्ने उनको भनाइ थियो ।
अहिलेको संकटको बेला सरकार, उद्यमी, व्यावसायी, रोजगारदाता सबैले आ–आफनो क्षेत्रबाट दायीत्व बहन गर्नु पर्नेमा सरकार आफनो दायित्वबाट पन्छिन खोजको उनले बताए । ‘सरकार यतीसम्म निकम्मा छ कि, स्वास्थ्यमन्त्री, तथा सरकारमा रहेको सरकारवाला व्यक्तिहरु अहिलेसम्म एक पटक टेकु अस्पताल समेत जान सकेका छैनन ।’
नेपाली काग्रेसले गठन गरेको कोरना संक्रमण तथा रोकथाम अनुगमनको संयोजक समेत रहेका महतले भने,‘हामी टेकु अस्पताल पुग्दा अस्पताललाई सरकारबाटै बेवास्ता गरेको देखियो ।यतीसम्म कि स्वास्थ्यमन्त्री तथा मन्त्रालयबाट एक जना प्रतिनिधि समेत अस्पताल जान डराउएका देखियो ।’ संकटको बेला सरकारले जनतालाई राहत दिनु पर्नेमा सरकार उल्टै आफू कसरी टिक्ने भन्नेमा व्यस्त रहेको उनले चर्चा गरे । ‘लकडाउनको बेला सरकार आफू कसरी टिक्ने भन्नेमा व्यस्त रह्यो भने सरकार ढाल्न खोज्नेहरु सरकारले काम गर्न नसकेर नभइ खान नपाएर सरकार ढाल्न खोजे ।’ देश अप्ठयारो परिस्थतिमा पुगको बेला सरकार सुतेर बसेको उनले चर्चा गरे । उनले भने,‘यस्तो बेला पनि केन्द्र सरकार काम नगरी सुतेर बसेको छ ।’
सञ्चारकर्मीहरु अप्ठयारोमा हुँदा समेत सरकारले स्वतन्त्रता पत्रकारिताको मर्ममै प्रहार गरेको महतको भनाइ थिाये ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले कोरना सक्रमणको बेला पत्रकारहरुको जागिरी खोस्ने सञ्चारगृहका कार्यालयहरुमा महासंघको अगुवाइमा ताला लगाउने तयारी भएको बताए । उनले भने,‘पत्रकारको मुख बन्द गर्ने सञ्चारगृहहरुको मुख कसरी बन्द गर्नु पर्छ,त्यो हामीलाई पनि थाँहा छ ।’ पत्रकारहरुको जागिरी खोस्ने सञ्चारगृहहरुलाई विज्ञापन नदिन विज्ञापनदाताहरुलाई समेत आग्रह गर्ने तयारी रहेको उनले बताए । ‘पत्रकारहरुलाई बेरोजगार बनाउने सञ्चारगृहरुलाई अनुदान दिएका अन्तराष्ट्रय संस्थाहरुलाई अनुदान रोक्न आग्रह गछौ,’विष्टले भने,‘पत्रकारहरुको जागिरी खास्ने सञ्चारगृहविरुद्ध संयुक्तराष्ट्र संघ, आइएलओ तथा अन्तराष्ट्रिय पत्रकार महासंघसम्म पुग्छौ ।’ संकटको बेला सरकारले पत्रकार क्षेत्रलाई पूरै वेवास्ता गरेको बताउदै उनले भने,‘सरकारले संकटका बेला पनि पत्रकारहरुलाई राहत दिएन ।’ सञ्चारगृहहरुले पत्रकारहरुलाई तलब दिन तयार भएमा त्यसको मध्यस्तता गर्न महासंघ रहेको उनको भनाइ थियो ।
कार्यक्रममा नेपाल प्रेस युयिनका अध्यक्ष बद्री सिग्देलले संकटकोे बेला सञ्चारगृहहरुले पत्रकारहरुमाथि अमानवीय व्यवहार गरेको बताउदै जागिरीबाट हटाएको पत्रकारहरुलाई तत्काल पुनर्वहाली गर्न चेतावनी दिए । ‘संकटमा परेका पत्रकारहरुलाई सरकारले राहत दिनु पर्नेमा सरकार उल्टै पत्रकारहरुले दुख पाएकोमा खुचिङ गरेर बसेको छ’सिग्देलले भने,‘सरकार मिडिया विरोधी देखिएको छ ।’ जागिरीबाट निकालिएका र तलब नपाएका पत्रकाहरुको समस्या सम्बोधन गर्न नेपाल प्रेस युनियनले सुरु देखि नै सम्बिन्धत क्षेत्रको ध्यानाकर्षण गराएको बताउदै भने,‘यसकोलागि सुरु गरिएको आन्दोलनमा हाम्रो पूर्ण सहयोग रहन्छ ’
कार्यक्रम नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष दिपक मल्होत्राले अहिलेको संकटको बेला बैंकको व्याजदर घटाउन,पुनर्कर्जा (रिफाइनान्ससिङ) तथा पुनर्संरचनाकोलागि आफूहरुले सरकारबाट अपेक्षा गरेको बताउदै भने,‘तर सरकार हाम्रो प्रस्ताव लागु गर्न उदासिन भएको देखिन्छ ।खाली हुन्छ, हुन्छ मात्र भन्छ, काम गर्दैन ।’
देशको अथतन्त्र बलियो बनाउन उद्यमी, व्यावसाय क्षेत्रको महत्वपूर्ण योगदान हुुने उनको भनाई थियो ।‘ तर उद्यमी,व्यावसायी नै बाच्न नसक्ने अवस्था आएमा अर्थतन्त्र कसरी जोगिने ?’
अहिले आफूहरुले लगानी गरेको सबै उद्योग संकटमा रहेको बताउदै उनले भने, ‘हामीले बंैकबाट ऋण लिएका हुन्छौ बैंकलाई व्याज बुझाउन गाह्रो परेको छ ।यस्तो बेला सरकारले व्याज दर घटाउन तथा पुनर्कर्जाको व्यवस्था गर्नु पर्छ ।’
सिटिजन्स बैंकका प्रतिनिधि अमित झाले संकटको बेला सामाजिक उत्तरदायीत्व ठानेर आफनो बैंकले समाजिक उत्तरदायीत्वको काम गरेको बताए । सामाजिक उत्तरदायीत्व कोषबाट बैंकले हालसम्म देशभर ६१÷६२ लाख रुपैयाँ खर्च गरेको उनले चर्चा गरे । ‘अहिलेसम्म हामीले प्रत्येक प्रदेशमा ७÷७लाख रुपैया सामाजिक काममा खर्च गरेका छौ’झाले भने,‘यो सहयोग अझै जारी रहन्छ ।’ संकटको बेला पनि समाचार संकलन गरेर पत्रकारहरुले समाजलाई आफनो जिम्मेवरी निर्वाह गरेको उनले चर्चा गरे ।
कार्यक्रममा नेपाल प्रेस युयिनका महासचिव अजयबाबु शिवाकोटीले कोरना महामारीको बेला देशभर ३ हजारभन्दा बढी पत्रकारहरु बेरोजगार भएको बताउदै भने,‘सञ्चारगृहबाट निकालिएका पत्रकारहरुमा ८० प्रतिशतभन्दा बढी पत्रकाहरु लोकतान्त्रिक विचारधारामा आवद्ध छन ।’ जागिरीबाट निकालिएका पत्रकाहरुलाई राहत दिन नेपाली कांग्रेसले एउटा कोष खडा गर्नु पर्ने उनको सुझाव छ ।
प्रकाशन विभागकी संयोजक कल्पना शर्माले कोरना सक्रमणको महामारीको बेला अग्रपक्तिमा खटिने पत्रकारहरुलाई सहयोग गर्न पाएकोमा आफू खुशी भएको बताइन ।
पत्रकारहरुलाई उपलब्ध गराइएको स्वास्थ्य सामाग्रीमा व्यावासायी मल्होत्रा तथा सिटिजन्स बैंक तथा अल सर्जिकल सोलुसन प्रालीले सहयोग पु¥याएका थिए । उनीहरुलाई प्रेस ज्याकेट,के एन ९५माक्स,सर्जिकल माक्स,रिचार्ज कार्ड,सेनिटाइजर उपलब्ध गराइएका थियो ।

शीर्ष समाचार

धेरै पढिएको