अविरल वर्षासँगैको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

दमौली– मंगलबार रातिदेखि परेको वर्षाका कारण पहिरो जाँदा पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्देस्थित थर्पुमा राजमार्ग अवरुद्ध भएको छ। पहिरोका कारण लेदो माटो झर्दा म्याग्दे–४ मा बिहानैदेखि राजमार्ग अवरुद्ध भएको हो।

लेदो माटोका कारण १२ चक्के ठूलो गाडी फसेपछि राजमार्ग अवरुद्ध भएको थर्पुका प्रहरी नायब निरीक्षक कृष्णबहादुर बानियाँले जानकारी दिए। ‘पहिरो झरे पनि साना सवारी सञ्चालन भइरहेका थिए, लेदो माटोका कारण १२ चक्के गाडी फस्यो,’ उनले भने, ‘त्यसलाई हटाएर राजमार्ग सञ्चालन गराउने प्रयास भइरहेको छ।’

फसेको सवारी हटाउन जेसीभीका लागि सडक कार्यालयसँग समन्वय गर्न खोजे पनि सम्पर्क हुन नसकेपछि स्थानीय व्यक्तिको जेसीभी ल्याएर काम गर्न सुरु भएको उनले बताए।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा