July 27, 2024, Saturday
KN hd tv

स्पेनिस ला लिगा: बार्सिलोना सेल्टा भिगोसँग बराबरीमा,रियल मड्रिडलाई फाइदा

काठमाडौं स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना सेल्टा भिगोसँग बराबरीमा रोकिएको छ।

शुक्रबार राति भएको खेलमा सेल्टा भिगोले बार्सिलोनालाई २–२ गोलको बराबरीमा रोकेको हो। उपाधि दौडमा रहेको बार्सिलानालाई यो बराबरीले ठूलो धक्का लागेको छ। यता, रियल मड्रिडलाई भने उपाधि जित्न निकै फाइदा पुग्ने भएको छ।

बार्सिलोनाका लागि लुइस स्वारेजले दुई गोल गर्दा पनि जिताउन सकेनन्। सेल्टा भिगोका लागि भने फेडर स्मलोभ र लागो आसपासले गोल गरे।

खेलको २०औं मिनेटमा स्वारेजले हेडर गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० गोलको अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा एक गोल थप्दा दुई गोल खान पुग्यो।

खेलको ५०औं मिनेटमा स्मलोभले गोल गर्दै सेल्टा भिगोलाई १–१ गोलको बराबरी दिलाए। खेलको ६७औं मिनेटमा फेरि स्वारेजले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २–१ गोलको अग्रता दिलाए। तर यो अग्रता जितको लागि पर्याप्त बनेन।

शीर्ष समाचार

धेरै पढिएको