December 1, 2023, Friday
२०८० मंसिर १५, शुक्रबार
KN hd tv

सलह कीरा नियन्त्रणको प्रयास भइरहेको छः कृषि मन्त्रालय

काठमाण्डौ – केही समयदेखि चर्चामा रहेको सलह किरा भारतबाट नेपाल प्रवेश गरेको छ। देशका विभिन्न ठाउँमा देखिएको सलह कीरा नियन्त्रणको प्रयास भइरहेको सरकारले जनाएको छ ।

सलहको अध्ययनसँगै नियन्त्रणको लागि सङ्घ, प्रदेश र पालिकाबीच समन्वय भइरहेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको हो ।

मन्त्रालयकाअनुसार सलहको अवस्था, फैलावट बुझ्न र क्षति आँकलन गर्न प्रदेशमा रहेका प्राविधिकलाई खटाइएको छ । 

मन्त्रालयले सलह कीराको सङ्ख्या, अवस्था, फैलावट, क्षतिको आँकलनलगायतको विषयमा जानकारी लिन सङ्घीय निकाय र प्रदेशअन्तर्गतका प्राविधिकहरू परिचालित भइसकेको जनाएको छ । सङ्घमा रहेको प्राविधिक कार्यदल र सम्बन्धित निकाय पनि सक्रिय भएका छन् । 

शीर्ष समाचार

धेरै पढिएको