October 5, 2022, Wednesday
२०७९ आश्विन २०, बिहीबार
KN hd tv

४० वर्षयता कृषि क्षेत्रलाई बिगार्ने काम मात्रै भयोः कृषिमन्त्री भुसाल

काठमाडौं – कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले ४० वर्षयता कृषि क्षेत्रलाई बिगार्ने काम मात्रै भएको बताएका छन् । 
एसोसिएशन अफ नेपाली एग्रिकल्चरल जर्नलिष्टस् (आनाज) द्वारा राष्ट्रिय धान दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री भुसालले ३०/४० वर्षयता मेहनत गरेर नै कृषि क्षेत्रलाई ध्वस्त पार्ने काम भएको बताए । 
उनले कृषि विकासका लागि भाषण गर्ने, ठेक्का पट्टा गर्ने, विभिन्न प्रोजेक्टहरु ल्याएर विगार्ने काम गरिएको बताए । उनले भने, ‘हामीले त ३०÷४० वर्ष भयो बर्बाद पार्न थालेको । हाम्रा साना दुःखले बार्दद पारेको होइन । हामीले बहुत मेहनतले बर्बाद परेका छौं । हाम्रो कृषि व्यवस्थालाई हामीले भाषण गरेका छौं, हामीले अनेक प्रयत्नहरु गरेका छौं, ठेक्कापट्टा गरेका छौं, प्रोजेक्टहरु गरेका छौं । के के ग¥यौं ग¥यौं । यो कृषि व्यवस्था विगार्नका लागि ।’

शीर्ष समाचार

धेरै पढिएको