December 5, 2023, Tuesday
२०८० मंसिर १९, मंगलवार
KN hd tv

एमसीसी प्रति श्रीलंकामा असहमति

काठमाडौं अमेरिकी मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) प्रति श्रीलंकामा असहमति देखिएको छ । नेपालमा समेत एमसीसी पारित गर्ने या नगर्ने भन्ने बहस भइरहेका बेला श्रीलंकामा एमसीसी अध्ययन गर्न बनेको समितिले सम्झौताका केही बुँदा परिमार्जन गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

अध्ययन समितिले श्रीलंकाका राष्ट्रपति गोताबाया राजापाक्षेलाई बिहीवार साँझ प्रतिवेदन पेश गरेको थियो । समितिले एमसीसी कार्यान्वयन गर्ने देशहरुको वर्तमान अवस्था दुःखलाग्दो भएको बताएको छ ।

श्रीलंकाका राष्ट्रपतिले उक्त प्रतिवेदन सार्वजनिक गर्न समेत निर्देशन दिएका छन् ।

श्रीलंकामा एमसीसी सम्झौता पूर्व सरकारका पालामा गरिएको थियो । पछि राजनीतिक विरोध सिर्जना भएपछि एमसीसी तत्काल कार्यान्वयन गरिएको थिएन ।

एमसीसीबारे अध्ययन गर्न बनेको सरकारले ६ महिना लगाएर थप अध्ययन गरेको थियो । प्रतिवेदन बुझाउँदै समितिका प्रमुख ललिथासिरी गुनारुवानले एमसीसी सम्झौता कार्यान्वयन गरिए देशका लागि दुखःद हुने भन्दै चेतावनी समेत दिएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको