October 22, 2024, Tuesday
KN hd tv

आज चार उडानमार्फत १२ सय नेपाली स्वदेश आउँदै

काठमाडौं – विगत केही समयदेखी सरकारले विभिन्न मुलुकमा अलपत्र परेको नेपालीको उद्धार गर्ने कार्य गरेको छ । आज पनि विदेशमा अलपत्र नेपाली नागरिकको उद्दार गर्ने क्रममा एक हजार दुई सय नेपाली काठमाडौं आउँदैछन् ।

क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) का एक अधिकृतका अनुसार कुवेतबाहेक सबै मुलुकबाट शुक्रबार दुई/दुई वटा उडान हुँदैछन् । बहराइनको दुवै र मलेसियाको एउटा उडान नेपाल एयरलाइन्सको जहाजमार्फत हुँदैछ ।

युएईको हिमालयन र एयर अरेविया, कुवेतको जजिरा एयरलाइन्स र मलेसियाको एउटा उडान हिमालय एयरलाइन्सबाट हुँदैछ ।

उनीहरुलाई नेपाल ल्याएर काठमाडौं, भक्तपुर र ललितपुरमा राखिएका होल्डिङ सेन्टरमा लगिनेछ । त्यहाँ सेनाको व्यवस्थापनमा उनीहरुको सामान्य स्वाथ्य जाँच र विवरण लिने कार्य हुनेछ । त्यसपछि सम्बन्धित प्रदेशमा क्वारेन्टिनमा बस्ने गरी पठाइनेछ ।

शीर्ष समाचार

धेरै पढिएको