October 18, 2026, Sunday
KN hd tv

टर्की र ग्रिसमा भूकम्पको क्षति [फोटो फिचर]

एजेन्सी–एजियान समुद्रलाई केन्द्रविन्दु बनाउँदै टर्की र ग्रिसमा गएको शक्तिशाली भूकम्पका कारण २२ जनाको मृत्यु भएको छ। शुक्रबार अपरान्हमा गएको भूकम्पले कैयौं घर क्षतिग्रस्त बनाएको छ।

टर्कीको पश्चिमी भेगमा रहेको तटीय क्षेत्रमा २० जनाको मृत्यु भएको छ भने ग्रिक टापु सामोसमा पर्खाल भत्कँदा २ किशोरकिशोरीको मृत्यु  भएको छ।

टर्कीको इजमिरमा मात्रै २० घर भत्किएका छन्। टर्कीभर ७ सय ८६ जना घाइते भएको प्रकोप नियन्त्रण संस्थाले जनाएको छ। घर भत्किएका स्थानमा दर्जनौं उद्धार संस्था खटिएका छन् भने घाइतेको खोजी गर्न हेलिकोप्टरसमेत परिचालन गरिएका छन्। मुख्य भूकम्पको धक्कापछि १९६ वटा परकम्पन गइसकेका छन्। तीमध्ये २३ वटा ४ म्याग्निच्युडभन्दा ठूला थिए।

अमेरिकी भौगर्भिक संस्थाका अनुसार ७ म्याग्निच्युडको भूकम्प गएको हो। टर्कीका अधिकारीहरुले भने ६.६ म्याग्निच्युड मापन गरिएको जनाएका छन्।

1140x725

शीर्ष समाचार

धेरै पढिएको