कुवेतका राष्ट्रप्रमुख शेख सबा अल अहमदको निधन
- Khabar Nirantar
- २०७७ आश्विन १४
काठमाण्डौ – कुवेतका राष्ट्रप्रमुख (ईमिर) शेख सबा अल अहमद अल सवाहको ९१ वर्षको उमेरमा हिजो निधन भएको छ ।
सबा अल अहमदको अमेरिकामा निधन भएको हो । उहाँ जुलाई १८ मा अस्पताल भर्ना हुनुभएको थियो । उहाँको शल्यक्रिया सफल भएको थियो । पछि फेरि थप उपचारको लागि उहाँ जुलाई २३ मा अमेरिका जानुभएको हो । गल्फ न्युजका अनुसार अमेरिकामा उहाँको के उपचार भयो भन्ने कुरा ईमिरका अधिकारीले खुलाएका छैनन् ।
सन् २००६ देखि कुवेतको ईमिर बन्नुभएका सबा अल अहमद ५० वर्षदेखि विदेशी नीति सम्हाल्दै आउनुभएको थियो । सबा अल अहमदको निधनको शोकमा कुवेतमा ४० दिनसम्म शोक अवधि घोषणा गरिएको छ भने तीन दिनको लागि कार्यालयहरु बन्द गरिएका छन् ।
शीर्ष समाचार
- दसैँमा चितवनमा ३० करोडभन्दा बढीको खसीबोका कारोबार: १५ हजार खसी खपत हुने, भारतीय आयात पूर्ण बन्द
- लगानी बोर्डका पूर्वप्रमुख सुशील भट्ट ललितपुरबाट पक्राउ: अवैध वित्तीय कारोबारको आरोप
- आइतबार कस्तो रहनेछ देशभरको मौसम? यी प्रदेशमा मेघगर्जन र हिमपातको सम्भावना
- मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीको राजीनामासँगै मुख्यमन्त्री यादव संकटमा
- बडादसैँले एकता, पारिवारिक सद्भाव र सुशासनको प्रेरणा देओस्: प्रधानमन्त्री बालेन शाह

प्रतिकृया दिनुहोस्