December 5, 2023, Tuesday
२०८० मंसिर १९, मंगलवार
KN hd tv

रौतहटमा तिवारी दम्पतीमाथि आक्रमण

रौतहट– रौतहटको देवाही गोनाही नगरपालिका–५ टिकुलिया गाउँमा महेश तिवारीको दम्पतीमाथी ४ जनाको समूहले खुकुरी र खुँडाले अन्धाधुन्ध प्रहार गर्दा महेशकी पत्नि जगरामी देवीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिद्धीविक्रम शाहका अनुसार हत्यामा संलग्न मध्येका स्थानीय बली मुखियालाई पक्राउ गरिएको छ ।

आक्रमणमा परेर गम्भीर घाइते भएका महेशको वीरगञ्जस्थित एलएस न्युरो अस्पतामा उपचार भईरहेको छ। उनको अवस्था गम्भीर छ ।

शुक्रवार साँझ देवाही गोनाही–५ का प्रजित मुखिया, सोनालाल मुखिया र बलिराम मुखियासहित चार जना मिलेर दम्पतीलाई आक्रमण गरेका थिए ।

प्रजित र सोनालाल दाजुभाइ हुन् । घटनामा संलग्नहरु अन्य ३ जनाको खोजी भइरहेको प्रहरी उपरिक्षक शाहले बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको