विश्वभर पाँच करोडभन्दा बढी मानिस जलवायु परिवर्तनको प्रकोपबाट प्रभावित
काठमाण्डाै – विश्वका पाँच करोड १६ लाख व्यक्ति जलवायु परिवर्तनसम्बन्धी प्रकोपबाट प्रभावित भएका पाइएको छ ।
जलवायु परिवर्तनसम्बन्धी प्रकोपहरु जस्तै बाढी पहिरो, खडेरी आँधीबेहरीबाट उनीहरु प्रभावित हुन पुगेका एक प्रतिवेदनले जनाएको छ । इन्टरनेसनल फेडरेसन अफ रेडक्रस र रेड क्रिसेन्ट सोसाइटी (आईएफआरसी) को क्लाइमेट सेन्टरले प्रकाशन गरेको अनुसन्धान प्रतिवेदनमा मानव समुदाय एकपछि अर्को गर्दै जोखिममा पर्दै गएको समेत उल्लेख छ ।
५ करोड १६ लाख मानिसहरूलाई बाढी, खडेरी वा आँधीबेहरी र काेराेनाबाट प्रत्यक्ष प्रभावित भएको तथ्याङ्क प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रकोपबाट सबैभन्दा धेरै प्रभाव भारत र बङ्गलादेशमा परेको छ । यी दुई देशको झण्डै ४ करोड व्यक्ति बाढी, आँधी र कोराेनाबाट प्रभावित भएका छन् ।
काेराेनाले पनि प्रत्यक्ष रुपमा विश्वका पाँच करोड १६ लाख व्यक्ति जलवायु परिवर्तनसम्बन्धी प्रकोपबाट प्रभावित भएका पाइएको छ ।
प्रतिकृया दिनुहोस्