October 25, 2024, Friday
KN hd tv

मौसमः केही ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना

काठमाण्डाै – आजदेखि पानी कम पर्दै जाने मौसमविद्ले बताएका छन् ।

हिजो र अस्ति देशभरि नै झरी पारेको प्रणाली कमजोर हुँदै गएकाले आजदेखि पानी कम पर्दै जाने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले बताउनुभयो । तर केही ठाउँमा भने आज पनि ठूलो पानी पर्ने संभावना रहेको उहाँले जानकारी दिनुभयो ।

उहाँकाअनुसार प्रदेश १ र २ का थोरै तथा वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक/दुई ठाउँमा आज पनि ठूलो पानी पर्ने संभावना छ । अरु ठाउँमा पनि हल्कादेखि मध्यम खालको वर्षा हुनेछ । तर हिजोअस्तिको जस्तो लगातार झरीको संभावना भने नभएको मौसमविद् पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार सुदूरपश्चिमबाट मौसम खुल्दै गएको छ । तर देशभरिकै मौसम पूर्णरुपमा खुल्न भने समय लाग्नेछ । आज दिउँसो एकैछिन घाम लागे पनि फेरि बादल लाग्ने उहाँको भनाइ छ ।

शीर्ष समाचार

धेरै पढिएको