दिल्लीमा विधानसभा चुनावको मतदान सुरु, ७० सिटका लागि ६ सय ९९ उम्मेदवार
भारतको नयाँ दिल्लीमा विधानसभा चुनावको मतदान प्रक्रिया आजदेखि सुरु भएको छ। दिल्लीका ७० वटै विधानसभा सिटका लागि मतदान भइरहेको हो।
यस चुनावमा ६ सय ९९ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्, जसमा ९६ जना महिला उम्मेदवार पनि छन्। मतदानका लागि १३ हजार ७ सय ६६ मतदान केन्द्र निर्धारण गरिएको छ र एक करोड ५६ लाख मतदाता रहेका छन्।
दिल्लीमा सुरक्षा व्यवस्था कडा गरिएको छ, र ३० हजारभन्दा बढी सुरक्षाकर्मी मतदान स्थलमा खटिएका छन्।
आम आदमी पार्टीका नेता अरविन्द केजरीवाल, मुख्यमन्त्री आतिशी, पार्टीका नेता मनिस सिसोडिया, भारतीय जनता पार्टीका परवेश वर्मा, र कांग्रेसका सन्दीप दीक्षित मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन्। मतदानको नतिजा आउँदो शनिवार सार्वजनिक गरिने तयारी छ।

प्रतिकृया दिनुहोस्