June 2, 2023, Friday
२०८० जेष्ठ १९, शुक्रबार
KN hd tv

अनसनरत डा केसीमाथि प्रहरीले गर्‍यो जबरजस्ती

काठमाडौं- चिकित्सा शिक्षा सुधारका लागि माग राख्दै अनसनरत डा गोविन्द केसीमाथि प्रहरीले दुर्व्यवहार गरेको छ। मंगलबार नेपालगञ्जबाट आएका डा केसीमाथि प्रहरीले उनी चढेको गाडीभित्र नै पुगेर दुर्व्यवहार गरेको हो।

डा केसीले आफू त्रिवि शिक्षण अस्पतालमा पुगेर अनसनलाई जारी राख्न चाहेका थिए। तर प्रहरीले भने लछारपछार गर्दै उनी बसेको गाडीबाट निकालेको भिडियोमा देख्न सकिन्छ। 

प्रहरीले उनलाई बल प्रयोग गरेर निकालेपछि उनले ओली सरकारविरुद्ध नारासमेत लगाएका थिए।

हाल उनलाई राष्ट्रिय ट्रमा सेन्टरको आकस्मिक कक्ष पुर्‍याइएको उनका सहयोगीले जानकारी दिएका छन्।

जुम्लामा अनसन गर्दै आएका डा केसी असुरक्षा महसुस भएको भन्दै सोमबार नेपालगञ्ज आएका थिए।

शीर्ष समाचार

धेरै पढिएको