राप्रपाको चुनाव चिह्न हलो
काठमाडौं – पार्टी एकताको सात महिना पुग्नै लाग्दा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको चुनाव चिह्न हलो राख्ने सहमति भएको छ।
तत्कालीन राप्रपा र राप्रपा संयुक्तको हिजो भएको छुट्टा छुट्टै र सयुक्त छलफल पछि चुनाव चिन्ह हलोमा सहमति जुटेको पार्टीका नेता मोहन श्रेष्ठले जानकारी दिए। हलो, पार्टी एकताअघि राप्रपा संयुक्तको चुनाव चिन्ह हो। यसअघि कमल थापा नेतृत्वको राप्रपाले चुनाव चिन्ह गाई राख्नुपर्ने अडान लिँदै आएकाले सहमति जुटेको थिएन।
चुनाव चिह्नबारे औपचारिक निर्णय गर्न पार्टीको केन्द्रिय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। विहान १० बजे पार्टी केन्द्रिय कार्यलय धुम्वाराहीमा बस्ने बैठकले पार्टीको चुनाव चिन्हबारे औपचारिक निर्णय गरेपछि निर्वाचन आयोग पुगेर दल दर्ताको निवेदन दिने तयारी भएको छ।
गत वर्ष फागुन २४ गते तत्कालीन राप्रपा र राप्रपा संयुक्तका कमल थापा, पशुपतिशम्शेर राणा र डाक्टर प्रकाशचन्द्र लोहनीले पार्टी एकताको घोषणा गरेका थिए। यसै बीच अध्यक्ष कमल थापाले पार्टी एकता जोगाउन चुनाह चिह्न परिवर्तन गर्न बाध्य भएको बताएका छन्। उनले हिन्दु राष्ट्रको एजेण्डा बोकेको राप्रपाको निम्ति चुनाव चिह्न गाई नै उपयुक्त हुने बताएका छन्।
आज बिहान ट्वीट गर्दै राप्रपा अध्यक्ष थापाले पार्टी एकता जोगाइराख्न सम्झौता अनिवार्य भएको भन्दै यसलाई सहजरुपमा लिइदिन अपिल गरेका छन्।
प्रतिकृया दिनुहोस्