October 18, 2026, Sunday
KN hd tv

बेलायतस्थित नेपाली दूतावासमा मनाइयो संविधान दिवस

लण्डन–राष्ट्रिय दिवस एवं पाँचौँ संविधान दिवसको उपलक्ष्यमा लण्डनस्थित नेपाली दूतावासले असोज २, ३ र ४ गते त्रिदिवसीय कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमको पहिलो दिन शुक्रबार नेपाली दूतावास र नेपाल–बेलायत व्यापार तथा लगानी मञ्चको संयुक्त आयोजनामा भर्चुअल माध्यमबाट नेपाल विकास सम्मेलन सम्पन्न भएको थियो । उक्त सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चका अध्यक्ष तथा बेलायती संसदमा नेपालसम्बन्धी सर्वदलीय समूहका उपाध्यक्ष लर्ड शेख, मञ्चका उपाध्यक्ष लर्ड बिलिमोरिया, नेपालका लागि संयुक्त अधिराज्यका राजदूत निकोला पोलिट, नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र संयुक्त अधिराज्यका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले सम्बोधन एवं प्रस्तुति गरेका थिए।

कार्यक्रममा वक्ताहरुले नेपालमा लगानीका अवसरहरुका बारेमा जानकारी दिँदै व्यापार तथा लगानी प्रवद्र्धनका लागि बेलायतका व्यवसायी एवं लगानीकर्ताहरुलाई आग्रह गरेका थिए।

शीर्ष समाचार

धेरै पढिएको