September 28, 2023, Thursday
२०८० आश्विन ११, बिहीबार
KN hd tv

सिकाइ केन्द्रमार्फत विद्यार्थी अध्यापन गराउँदै

सल्यान – जिल्लाको दार्मा गाउँपालिकाले टोल सिकाइ केन्द्रमार्फत विद्यार्थी अध्ययन अध्यापन गराउँदै आएको छ। 

कोरोना भाइरसका कारण विगत पाँच महिनादेखि शिक्षण संस्था बन्द भएपछि गाउँपालिकाले टोल सिकाइ केन्द्रमार्फत पठन पाठन शुरू गरेको हो।  आधा शैक्षिकसत्र सकिन लाग्दा विद्यालयमा पठन पाठन गराउन समस्या भएपछि टोल सिकाइ केन्द्रमार्फत विद्यार्थीहरूलाई पठन पाठन गराउन थालेको गाउँपालिकाका शिक्षा अधिकृत शेर प्रसाद ढकालले बताए। उनले भने, ‘माध्यामिक विद्यालय र नि.मा.वि का विद्यार्थीहरू धेरै र सेवा क्षेत्र पनि धेरै हुने भएकाले कोरोनाको जोखिम पनि उत्तिकै हुन सक्ने भएकाले टोल टोलमा पुगी पठनपाठन गराउने निर्णय गरेका हौं।’ 

टोल सिकाइ केन्द्रमा विद्यालय व्यवस्थापन वा शिक्षक अभिभावक संघका पदाधिकारीको संयोजकत्वमा अभिभावक, शिक्षक, बुद्धिजीवि समेतको प्रतिनिधित्व हुने गरी सात सदस्यीय टोल सिकाइ सहजीकरण व्यवस्थापन समिति गठन गरिएको ढकालको भनाई छ।  कोभिड १९को जोखिम कम, विद्यार्थी संख्या न्युन, सानो सेवा क्षेत्र र क्वारेन्टाइन नभएका विद्यालयहरूमा प्राथमिक तहको सिकाइ सहजीकरण गरिने उनको भनाई छ।

उनले भने, ‘प्राथमिक तहका विद्यार्थीहरूलाई एक दिन ग्याप राखी विद्यालयमा नै पढाई रहेका छौं।’  कोरोना भाइरसका कारण विद्यालय बन्द भएपछि टोल सिकाइ केन्द्रबाट शुूरू भएको पठन पाठन प्रभावकारी भएको श्री जनज्योती माध्यमिक विद्यालय फारुलाचौरका प्रधानाध्यापक मिनराज वलीले बताए।

शीर्ष समाचार

धेरै पढिएको