July 27, 2024, Saturday
KN hd tv

६ महिनापछि आजदेखि आन्तरिक उडान शुरु

काठमाडौं- कोरोना भाइरसको महामारीले बन्द भएका आन्तरिक उडान आजबाट फेरि सुरू भएका छन् ।

सरकारले ९ चैतदेखि बन्द गरेको आन्तरिक उडान आज सुरू भएको हो ।

नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार आज बिहान ७ बजेर ४३ मिनेटमा नेपाल एयरलाइन्सले काठमाडौँबाट भोजपुर उडान गरेको छ ।

उक्त उडानबाट १६ जना यात्रुले सेवा लिएका छन् । त्यसअघि आजै समिट एयरले काठमाडौँबाट लुक्काका लागि चार्टर उडान गरेको उनले जनाए । ९ यात्रुसहित समिट एयर बिहान ७ बजेर ४० मिनेटमा उडेको उनले बताए ।

आन्तरिक उडान खुलेसँगै विभिन्न हवाई कम्पनीले आज ५३ देखि ५५ वटासम्म उडान गर्न लागेको प्रवक्ता क्षेत्रीले बताए ।

शुरुमा सामान्य अवस्थाको २५ प्रतिशत मात्रै उडान हुने निर्णय बमोजिम दैनिक ३६-४० नियमित उडान र बाँकी चार्टर हुने उनले बताए ।

उडान सुरू भएसँगै त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलतर्फ पनि चलहपहल बढेको छ ।

शीर्ष समाचार

धेरै पढिएको