November 29, 2023, Wednesday
२०८० मंसिर १४, बिहीबार
KN hd tv

प्रदेश ५ सरकारले ५८ जनालाई विभूषण प्रदान गर्ने

काठमाडौं – प्रदेश ५ सरकारले विभिन्न क्षेत्रमा योगदान पुर्‍याएको भन्दै ११ विधामा ५८ जनालाई पदक तथा विभूषण प्रदान गर्ने घोषणा गरेको छ। 

संविधान दिवसको अवसरमा सरकारले घोषणा गरेका पदक प्रदेश स्थापना दिवसका अवसरमा फागुन ३ गते प्रदान गरिने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।  प्रदेश सरकारले दिने सबैभन्दा उच्चस्तरको पदक बुद्ध शान्ति पदकबाट पाल्पाका आचार्य भिक्षु अमृतानन्द महास्थवीरलाई मरणोपरान्त प्रदान गर्ने भएको छ। 

प्रदेश रत्न पदक (क) बाट ड्रयागन खेतीमार्फत कृषि क्षेत्रमा नौलो काम गरेका पूर्व मन्त्री दाङका लोकेन्द्र विष्टमगरलाई विभूषित गर्ने भएको छ। प्रदेश रत्न पदक (ख) रुकुम पूर्वकी लक्ष्मी प्रसाद पुन, रुपन्देहीको अर्घाखाँची सिमेन्ट प्रालि र रुपन्देहीकै सगुन कन्स्ट्रक्सनलाई दिइने भएको छ। प्रदेश रत्न पदक (ग) दाङका मार्शल रोका, गुल्मीका भोजराज रेगामी र बाँकेका पुरमल बस्नेतलाई दिइने भएको छ।

शीर्ष समाचार

धेरै पढिएको