२४ घण्टामा १२०४ कोरोना संक्रमित थपिए
- Khabar Nirantar
- २०७७ आश्विन ३
काठमाडौँ- २४ घण्टाको अवधिमा नेपालमा १ हजार २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमित संख्या ६२ हजार ७९७ पुगेको छ । नियमित पत्रकार सम्मेलन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ११ जना संक्रमितको मृत्यु भएको बताए ।
२४ घण्टाको अवधिमा १ हजार ४४७ जनाले कोरोना जितेका छन् ।
अहिले १७ हजार १२९ जनामा संक्रिय संक्रमित छन् । उनीहरु विभिन्न आइसोलेसनमा उपचाररत छन् । त्यस्तै देशभरका क्वारेन्टिनमा ७ हजार ७३५ जना छन् ।
शीर्ष समाचार
- दसैँमा चितवनमा ३० करोडभन्दा बढीको खसीबोका कारोबार: १५ हजार खसी खपत हुने, भारतीय आयात पूर्ण बन्द
- लगानी बोर्डका पूर्वप्रमुख सुशील भट्ट ललितपुरबाट पक्राउ: अवैध वित्तीय कारोबारको आरोप
- आइतबार कस्तो रहनेछ देशभरको मौसम? यी प्रदेशमा मेघगर्जन र हिमपातको सम्भावना
- मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीको राजीनामासँगै मुख्यमन्त्री यादव संकटमा
- बडादसैँले एकता, पारिवारिक सद्भाव र सुशासनको प्रेरणा देओस्: प्रधानमन्त्री बालेन शाह

प्रतिकृया दिनुहोस्