October 15, 2026, Thursday
KN hd tv

बुधबारको मौसम अपडेट: पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली, हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको पछिल्लो बुलेटिन अनुसार देशमा हाल पश्चिमी वायु तथा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। यसका कारण देशका केही भू-भागमा मौसमी फेरबदल आउने देखिएको छ।

बुधबार दिउँसो देशका पहाडी तथा हिमाली भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, रात्रिकालीन समयमा पनि देशका पहाडी भेगमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सफਾ रहने महाशाखाले जनाएको छ। उच्च हिमाली क्षेत्रमा चिसो बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

शीर्ष समाचार

धेरै पढिएको