October 18, 2026, Sunday
KN hd tv

आरआर क्याम्पसमा विद्यार्थीका २ समूहबीच झडप

काठमाडौं– काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा नेकपा एमालेनिकट अनेरास्वविययु समर्थित विद्यार्थीबीच झडप भएको छ। स्ववियु चुनावको विषयलाई अनेरास्ववियुबीच आपसमा झडग भएको हो। 

झडपमा परेर अनेरास्ववियुको आरआर क्याम्पसका केही विद्यार्थी नेता घाइते समेत भएका छन्। घाइते हुनेहरुमा अनेरास्ववियु आरआरका अध्यक्ष मदन भण्डारी, उपाध्यक्ष लोकेश खड्का तथा अन्य विद्यार्थी नेताहरु हर्क बोहोरा, रवि मगर, ईश्वर बिष्टलगायत छन्। 

घाइतेको काठमाडौं मोडल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए। 

रड, खुकुरीलगायतका हतियार प्रहार गर्दा भण्डारीको हातमा ठूलो चोट लागेको छ। झडपमा उत्रिएका केही विद्यार्थी नेताहरुलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त सिंहदरबारमा राखिएको एसपी मैनालीले बताए।

शीर्ष समाचार

धेरै पढिएको