October 18, 2026, Sunday
KN hd tv

एक महिनामै वाणिज्य बैंकहरुद्दारा २२ अर्ब निक्षेप संकलन, ऋण लगानी भने घट्यो

काठमाडौं– एक महिनाको अवधिमा वाणिज्य बैंकहरुले २२ अर्ब रुपैयाँले निक्षेप बढाउन सफल भएका छन्। माघ २९ गते देखि फागुन ३० गतेसम्मको अवधिमा वाणिज्य बैंकहरुले २२ अर्ब निक्षेप संकलन गरेका हुन्। 

माघको २९ गतेसम्म वाणिज्य बैंकले ४३ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए। फागुन ३० गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप संकलन ४३ अर्ब ३३ अर्ब रुपैयाँ पुगेको नेपाल बैंकर्स संघले जानकारी दिएको छ।

बैंकहरुले स्थानीय मुद्राबाट कुल ४२ खर्ब ३६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। यस्तो मुद्रा संकनल एक महिनाको अवधिमा १९ अर्ब रुपैयाँले बढेको संघले जानकारी दिएको छ। माघ २९ गतेसम्म स्थानीय मुद्राबाट ४२ खर्ब १७ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो।

यसैगरी,  विदेशी मुद्रा तर्फबाट माघ ३० गतेसम्म ९६ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ। माघ ३० गतेसम्म यस्तो निक्षेप संकलन ९४ अर्ब रुपैयाँ थियो। एक महिनाको अवधिमा विदेशी मुद्राबाट आउने निक्षेप संकलन २ अर्ब रुपैयाँले बढेकोक संघले जानकारी दिएको छ। 

संघको तथ्यांकानुसार १ महिनाको अवधिमा वाणिज्य बैंकहरुले १७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। माघ महिनाको २९ गतेसम्म ४१ खर्ब ५५ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरुको निक्षेप संकलन फागुन ३० गतेसम्म आउँदा ४१ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको छ। 

फागुको पहिलो र दोस्रो साता निक्षेपभन्दा धेरै गएको कर्जा फागुनको तेस्रो साताबाट केही घटेको छ। फागुनको चौथो सातामा आउँदा कर्जा लगानी ३ अर्ब रुपैयाँले बढेको छ भने निक्षेप संकलन ७ अर्बले बढेको छ। यो तथ्यांकअनुसार पछिल्लो समय बैंकहरु कर्जा लगानीभन्दा निक्षेप संकलन गर्न बढी केन्द्रित भएको देखिन्छ। 

एक महिनाको अवधिमा वाणिज्य बैंकलेहरुले स्थानीय मुद्रातर्फ ४७ अर्ब रुपैयाँले कर्जा लगानी बढाएका छन्। गत माघ २९ गतेसम्म ४० खर्ब ७३ अर्ब रकेको वाणिज्य बैंकको स्थानीय मुद्रा तर्फको कर्जा लगानी फागुन ३० गतेसम्म आउँदा ४१ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ। 

यसैगरी, एक महिनाको अवधिमा बैंकहरुले विदेशी मुद्रा तर्फको कर्जा ३० अर्ब रुपैयाँले घटाएका छन्। माघ २९ सम्म ८२ अर्ब रुपैयाँ विदेशी मुद्रातर्फ कर्जा लगानी गरेका बैंकहरुले फागुनको ३० गतेसम्म आउँदा ५२ अर्ब रुपैयाँमात्र कर्जा गरेका छन्।

शीर्ष समाचार

धेरै पढिएको