October 18, 2026, Sunday
KN hd tv

जनउत्थान सामुदायिक लघुवित्तको लाभांश घोषणा

काठमाडौं– जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत अवसम्मको मुनाफाबाट २६.३१५७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। 

कम्पनी सञ्चालक समितिको आइतबार सम्पन्न बैठकले गत वर्षको नाफाबाट २५ प्रतिशत बोनस सेयर र १.३१५७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा  आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि लगानीकर्ताले लाभांश पाउनेछन्।

हाल ११ करोड ८३ लाख २४ हजार ८ सय रुपैयाँ रहेको कम्पनीको  चुक्ता पुँजी प्रस्तावित बोनस वितरणपछि १४ करोड ७९ लाख ६ हजार रुपैयाँ पुग्नेछ। गत वर्ष भने लघुवित्तले ४९.४% बोनस सेयर र २.६% नगद लाभांश वितरण गरेको थियो।

शीर्ष समाचार

धेरै पढिएको