June 2, 2023, Friday
२०८० जेष्ठ २०, शनिबार
KN hd tv

मेलम्चीमा बाढी (फाेटाे फिचर)

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीले रातो पुलसहित १० घर बगाएको छ ।

चनौटेको रातो पुल र ग्यालथुममा रहेको झोलुङ्गेपुलसहित १० घर बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो ।

रातो पुल मेलम्ची ७ र ८, पाँचपोखरी १ र २ र हेलम्बु जोड्ने एक मात्र विकल्पका रुपमा रहेको थियो । बाढीले रेडियो मेलम्चीको भवन पनि ढलेको छ । ग्यालथुम बजारका ४० घर जोखिममा रहेका छन् ।

यसअघि गएको असार १ गते आएको बाढीले सडक बगाएका केही ठाउँमा नयाँ बाटो बनाइएको थियो । तर, बाढीले त्यो पनि बगाएको मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्यालले जानकारी दिनुभयो ।

शीर्ष समाचार

धेरै पढिएको