कोरोनाको संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु, मृतकको संख्या ३४ पुग्यो
- Khabar Nirantar
- २०७७ असार २०
काठमाडौं – कोरोनाको संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा रुपन्देही र गोरखाका दुई पुरुषको मृत्यु भएको प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
मन्त्रालयका प्रवक्ता डा. गौतमले रुपन्देहीको देबदहका पुरुषको असार १७ गते त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनको स्वाबको रिपोर्ट १८ गते आएकोमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यसैगरी कोरोना संक्रमणबाटै गोरखाको पालुङटार नगरपालिका ७ निवासी ४४ वर्षिय पुरुषको पनि मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।
शीर्ष समाचार
- दसैँमा चितवनमा ३० करोडभन्दा बढीको खसीबोका कारोबार: १५ हजार खसी खपत हुने, भारतीय आयात पूर्ण बन्द
- लगानी बोर्डका पूर्वप्रमुख सुशील भट्ट ललितपुरबाट पक्राउ: अवैध वित्तीय कारोबारको आरोप
- आइतबार कस्तो रहनेछ देशभरको मौसम? यी प्रदेशमा मेघगर्जन र हिमपातको सम्भावना
- मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीको राजीनामासँगै मुख्यमन्त्री यादव संकटमा
- बडादसैँले एकता, पारिवारिक सद्भाव र सुशासनको प्रेरणा देओस्: प्रधानमन्त्री बालेन शाह

प्रतिकृया दिनुहोस्