October 22, 2024, Tuesday
KN hd tv

ओली–प्रचण्डबीच बालुवाटारमा छलफल जारी

काठमाण्डौँ – पार्टीभित्र विवाद चुलिएका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहल ‘प्रचण्डबीच’ भेटवार्ता भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि दुई अध्यक्षहरूबीच भेटवार्ता भएको हो। उनीहरूबीच अहिले भेट जारी छ।

भेटमा पार्टी महासचिव बिष्णु पौडेल र स्थायी समिति सदस्य जनार्दन शर्मा पनि सहभागी रहेको स्रोतले जानकारी दिएको छ।

पछिल्लो समय प्रधानमन्त्री ओलीले नयाँ नक्सा छापेपछि भारतले आफूलाई हटाउन लागेको बताएका थिए।
जवाफमा प्रचण्डले प्रधानमन्त्री ओलीको राजीनामा भारतले नभई आफूले मागेको बताएका थिए।

जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको चर्को आलोचना भएको छ। अहिलेसम्म बोलेका अधिकाशं सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा मागेका छन्।

बिहीबार बिहान नेकपाका दोस्रो पुस्ताका नेताहरूसँगै बसेर पार्टी एकतालाई जोगाउनु पर्ने र दुई पार्टी एक हुँदाको सहमतिलाई आधार मानेर अघि बढ्नु पर्नेमा छलफल गरेका थिए।

२०७५ जेठ ३ मा तत्कालीन नेकपा एमाले र माओवादी केन्दबीच एकता घोषणा हुनुअघि पाँच बुँदे सहमति भएको थियो । उक्त सहमतिको चौथो बुँदामा समानता र समान अवधिका आधारमा आवश्यकताअनुरुप दुबै अध्यक्षले सरकारको नेतृत्व गर्ने उल्लेख थियो ।

उक्त सहमतिको साक्षीका रुपमा प्रधानमन्त्री ओलीका तर्पmबाट शर्माले हस्ताक्षर गरेका थिए ।बिहीबार बिहान नेकपाका दोस्रो पुस्ताका नेताहरूसँगै बसेर पार्टी एकतालाई जोगाउनु पर्ने र दुई पार्टी एक हुँदाको सहमतिलाई आधार मानेर अघि बढ्नु पर्नेमा छलफल गरेका थिए।

शीर्ष समाचार

धेरै पढिएको