May 30, 2023, Tuesday
२०८० जेष्ठ १६, मंगलवार
KN hd tv

झम्सिखेलमा प्रचण्ड-माधव समूहको बैठक जारी

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओली विरोधी समूह आन्तरिक रणनीति बनाउन छलफलमा जुटेको छ ।

छलफलमा प्रचण्ड-माधव समूहका स्थायी कमिटी सदस्य तथा मन्त्रीहरुसमेत सहभागी छन् । सो छलफलमा प्रचण्ड, माधवकुमार नेपालसहित सचिवालयका बहुमत सदस्यहरु उपस्थित छन् ।

बुधबार विहान आफूनिकट मन्त्रीसँग प्रधानमन्त्री ओलीले छलफल गरेपछि आफ्नो आगामी रणनीति बनाउन प्रचण्ड नेपालसमूहबीच यतिबेला ललितपुरस्थित झम्सीखेलको एक होटेलमा आन्तरिक बैठक जारी छ ।

पर्यटनमन्त्री योगेश भट्टराई र उद्योगमन्त्री लेखराज भट्ट भने बैठकमा सहभागी नभएको स्रोतले रातोपाटीलाई जानकारी दिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको