July 26, 2024, Friday
KN hd tv

सबै मन्त्री बालुवाटारमा भेला हुँदै

काठमाण्डौँ – अघिल्लो दिन अबेर सम्म राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नुभएका प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक परामर्शका लागि भन्दै सबै मन्त्रीहरुलाई बालुवाटार बोलाउनुभएको छ ।

पार्टी भित्र बलियोरुपमा राजिनामाको माग उठेपछि एक्लीएका प्रधानमन्त्री ओलीले मन्त्रीहरुसँग यही विषयमा परामर्श गर्न खोजेको बुझिएको छ । ‘बुधबार बिहान सबै मन्त्रीलाई बालुवाटार आउनु भनिएको छ, मन्त्रीपरिषद होइन, कुनै परामर्श होला ।’ एक मन्त्रीले भने । नेकपाको जारी स्थायि समिति बैठकमा चर्को आलोचना भएपछि प्रधानमन्त्री ओलीले संसदीय दल प्रयोग गरेर सत्ता टिकाउने खेल खेल्दै हुनुहुन्छ । तर पार्टी निर्णय नै सर्वाधिकार हुने अर्को पक्षको मत छ ।

सुविधाजनक बहुमतमा रहेको अर्को पक्ष भने केन्द्रीय समिति बैठक बोलाउने पक्षमा छ । स्थायि समितिले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गर्दै प्रधानमन्त्री ओलीलाई राजिनामा दिन लगाउने निर्णय गर्ने संभावना बढ्दै गएपछि नेकपा भित्रको किचलो छताछुल्ल भएको छ । नेकपा स्थायि समिति सदस्य युवराज ज्ञवली संसदीय दल भन्दा ठुलो पार्टी हुने भएकाले पार्टीले जे निर्णय गर्छ, त्यो सबैका लागि मान्य हुने बताउनुहुन्छ ।

‘राष्ट्रपति वा संसदीय दलले कसैलाई जोगाउने होइन, पार्टी केन्द्रीय समितिले जे भन्छ, त्यो सबैका लागि बाध्यकारी हुन्छ ।’

शीर्ष समाचार

धेरै पढिएको