नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा करिब सात हजार प्रतिनिधि सहभागी हुने, क्रियाशील सदस्यता ८ लाख ७० हजार

काठमाडौँ । नेपाली कांग्रेसको आगामी १५औँ महाधिवेशनमा देशभरबाट करिब सात हजार महाधिवेशन प्रतिनिधिहरू सहभागी हुने भएका छन्। पार्टीको केन्द्रीय निर्वाचन समितिले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनको सम्पूर्ण तयारी तिब्र पारिएको जानकारी दिएको छ।

समितिका अनुसार हाल पार्टीमा कुल ८ लाख ७० हजार क्रियाशील सदस्य रहेका छन्। हालैको अविरल वर्षा तथा बाढीपहिरोका कारण अतिप्रभावित बनेका रसुवा, नुवाकोट र धादिङलगायतका केही जिल्ला बाहेक अन्य सबै क्षेत्रको सदस्यता विवरण अद्यावधिक भइसकेको छ। प्रभावित क्षेत्रमा पनि अवस्था सहज बन्दै गएकाले अधिवेशन प्रक्रियालाई सोही अनुसार अघि बढाइनेछ।

यस पटकको महाधिवेशनमा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्दै डिजिटल मतदाता नामावली र आधुनिक निर्वाचन प्रणालीको प्रयोग गरिने समितिले जनाएको छ। वडा तहदेखि चुनिएर आउने प्रतिनिधिहरूले नयाँ केन्द्रीय नेतृत्व चयन गर्नेछन् भने तोकिएको कार्यतालिकाअनुसार नै जिल्लाहरूमा निर्वाचन अधिकृतहरू खटिइसकेका छन्।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा