प्रधानमन्त्रीको साटो अर्थमन्त्रीलाई बोल्न दिएपछि संसद्मा हंगामा, प्रतिपक्षीद्वारा टेबुल ठोकेर विरोध

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलहरूको विरोध र अवरोधका कारण संसद्को कारबाही प्रभावित बनेको छ। सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने पूर्वकार्यसूची रहे पनि उनको अनुपस्थितिलाई लिएर प्रतिपक्षी दलहरूले सदन अवरुद्ध पारेका हुन्।

प्रधानमन्त्री स्वयम् उपस्थित हुनुपर्ने अडान राख्दै आएका प्रतिपक्षी दलहरू, सभामुखले सो प्रस्ताव पेस गर्न अर्थमन्त्रीलाई समय उपलब्ध गराएपछि थप आक्रोशित बनेका छन्। प्रधानमन्त्रीको अनुपस्थितिमा अर्थमन्त्रीलाई बोल्न दिएको भन्दै सांसदहरूले आफ्नो आसनबाट उभिएर टेबुल ठोक्नुका साथै विरोध प्रदर्शन गरेका छन्।

सदनमा तनावपूर्ण स्थिति सिर्जना भएपछि सभामुखले सांसदहरूलाई शान्त रहन र आसन ग्रहण गर्न पटक-पटक आग्रह गरेका छन्। प्रतिपक्षी दलहरूको चर्को नाराबाजी र अवरोधका कारण अर्थमन्त्रीले आफ्नो मन्तव्य अगाडि बढाउन कठिनाई उत्पन्न भएको छ भने सदनको वातावरण अझै सहज भइसकेको छैन।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा