काठमाडौँ : नेकपा (एमाले)का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले अब आफू पदाधिकारीमा प्रतिस्पर्धा नगर्ने घोषणा गरेका छन् ।
काठमाडौँको भृकुटीमण्डपमा आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा ७२ वर्षीय ज्ञवालीले नयाँ केन्द्रीय कमिटीका लागि पदाधिकारीको चुनाव नलड्ने बताए । उनले पार्टी राजनीति भने नछाड्ने स्पष्ट पारे ।
उही बैठकमा ७२ वर्षीया शाक्यले पनि पदाधिकारी नबन्ने घोषणा गरिन् ।
पार्टीको ११औँ महाधिवेशनअन्तर्गत आजैदेखि बन्दसत्र सुरु हुँदै छ। केन्द्रीय कमिटी बैठकपछि भृकुटीमण्डपमै बन्दसत्र हुने तय छ।

