जवाफ नदिने प्रधानमन्त्री अडान राम्रो मान्न सकिएन – पूर्व अर्थमन्त्री खनाल

पूर्वअर्थमन्त्री रामेश्वर खनालले संसदलाई अवमुल्यान गर्ने प्रधानमन्त्री बालेन्द्र शाहको अडान स्वभाविक नभएको टिप्पणी गरेका छन् । उनलेले निर्वाचन पछिको पहिलो संसद अधिवेशनमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जबाफ दिन प्रधानमन्त्री स्वयम् उपस्थित हुन नचाहनुलाई राम्रो मान्न नसकिने बताएका हुन् । बुधबार पुर्वमन्त्री खनालले सामाजिक सञ्जालमार्फत् धारणा राखेका हुन्।

‘निर्वाचन पछिको पहिलो संसद अधिवेशनमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जबाफ दिन प्रधानमन्त्री स्वयम् उपस्थित हुन नचाहनुलाई राम्रो मान्न सकिएन। पूर्ण विराम,’ उनले भनेका छन्।

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जबाफ दिन प्रधानमन्त्री उपस्थित नभएको भन्दै विपक्षी दलहरूले बुधबार संसद बैठक अवरूद्ध गरेका थिए।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा