उपत्यका बाहिरबाट आउने एमाले महाधिवेशन प्रतिनिधिको बास कार्यकर्ताको कोठामा 

काठमाडौं : नेकपा (एमाले) ले ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिलाई छुट्टै बासको व्यवस्था नगरेको स्पष्ट पारेको छ ।

एमाले सम्पर्क समन्वय कमिटीले बस्न र खान समस्या हुने प्रतिनिधिलाई नेता तथा कार्यकर्ताको घर र कोठामै बासको प्रबन्ध गरिएको जनाएको छ।

सम्पर्क समन्वय कमिटीका सचिव आरसी लामिछानेले प्रतिनिधिलाई बेग्लै बासको व्यवस्था नभएको तर, टाढाबाट आउनेलाई बस्न र खानाका समस्या भएमा नेता तथा कार्यकर्ताको घरमा राख्ने व्यवस्था मिलाइएको जानकारी दिए। उनले त्यस्ता प्रतिनिधिहरूको विवरण संकलन गरिरहेको पनि बताए ।

एमालेको ११ औँ महाधिवेशन यही मंसिर २७ गतेदेखि काठमाडौँमा सुरु हुँदैछ। त्यसका लागि उपत्यका बाहिरबाट सहभागी हुने प्रतिनिधिहरू काठमाडौं आउन सुरु भइसकेको छ ।

महाधिवेशनमा करिव दुई हजार दुईसय प्रतिनिधि सहभागी हुने एमालेले जनाएको छ।

यसपटक पार्टीले आवासको व्यवस्था नगरेकाले प्रतिनिधि शुल्क पनि तीन हजार र दुई हजार मात्र तोकिएको छ। महाधिवेशनका आयोजक प्रतिनिधिलाई तीन हजार रुपियाँ र निर्वाचित भएर आउने प्रतिनिधिलाई रु दुई हजार रुपियाँ शुल्क तोकिएको हो।

एमाले महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदै छ। महाधिवेशनको उदघाटन शत्र भक्तपुरको सल्लाघारीमा गर्ने तयारी एमालेको छ। त्यस्तै बन्द सत्र भने काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन हुने सो पार्टीले जनाएको छ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा