कांग्रेस सचेतक घिमिरेको प्रतिपक्षी दललाई सुझाव: घिसिङलाई सबै दलहरूको अध्यक्ष बनाइदिऊँ

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सबै प्रतिपक्षी दलहरूको अध्यक्ष बनाइदिनु पर्ने बताएका छन्।

आजको (बिहीबार) प्रतिनिधि सभा बैठकमा ऊर्जामन्त्री दीपक खड्काले विद्युत प्राधिकरण र घिसिङसँग सम्बन्धित विषयमा धारणा राखेपछि, कांग्रेस प्रमुख सचेतक घिमिरेले घिसिङको देवत्वकरण गर्न नदिन आग्रह गरे। बुधबारको बैठकमा माओवादी केन्द्रसहित सबै प्रतिपक्षी दलका सांसदहरूले घिसिङमाथि पटक–पटक स्पष्टीकरण सोध्दै कार्यसम्पादनमा शून्य नम्बर दिएको विषयमा सरकारको जवाफ मागेका थिए।

यसै सन्दर्भमा घिमिरेले भने, “यदि देवत्वकरण गर्ने हो भने सबै प्रतिपक्षी दलहरूको अध्यक्ष उहाँलाई नै बनाइदिऊँ, ढुक्क हुन्छ त्यतिपछि।” उनले घिसिङका केही राम्रा र नराम्रा पक्ष रहेको र नेपालका कर्मचारीतन्त्र दूधले नुहाएका नभएको धारणा राखे।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा