दक्षिण कोरियामा विद्यालयको छत भत्किँदा शुक्रबार एकजना शिक्षकसहित १३ विद्यार्थी घाइते

दक्षिण कोरियाको प्राथमिक विद्यालयको व्यामशालाको छत भत्किँदा शुक्रबार एकजना शिक्षकसहित १३ विद्यार्थी घाइते भएको योनहाप समाचार एजेन्सीले जनाएको छ।

सियोलबाट करिब ३२० किलोमिटर दक्षिणमा रहेको येओसुको प्राथमिक विद्यालयको व्यायामशाला भित्रको छत खस्दा सो दुर्घटना भएको हो।

एकजना शिक्षकसहित १४ जना घाइते भएको र तिनीहरूको नजिकैको अस्पताल उपचार भइरहेको बताइएको छ। छत भित्रको फिनिसिङ सामाग्री एकैपटक भत्किँदा दुर्घटना भएको अनुमान गरिएको छ तर यस बारे विस्तृत अनुसन्धान हुन बाँकी छ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा