मौसम : अपराह्नतिर वर्षाको सम्भावना

spot_img

काठमाडौं– भारतमा देखिएको चक्रवात ‘ताउ ते’को प्रभाव विस्तारै कम हुँदै गएकाले मौसममा सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशका धेरैजसो भूभागमा शुक्रबारको मौसममा आंशिक देखि सामान्य बदली रहने महाशाखाको भनाइ छ।

दिउँसो देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्सहित सामान्य वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सुदूरपश्चिम र प्रदेश न १ का केही स्थानहरुमा  अपराह्नतिर भारी वर्षाको सम्भावना रहेको छ।

राति भने देशका अधिकांश पहाडी भूभागमा सामान्य बदली रहने महाशाखाले जनाएको छ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा