सपथ लिँदा ‘त्यो पर्दैन’ भन्ने प्रधानमन्त्रीको भनाइमाथि परेको रिटको सुनुवाई प्रधानन्यायाधीशको बेञ्चमा

spot_img

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सपथ ग्रहणका क्रममा ‘त्यो पर्दैन’ भन्दै शब्द उच्चारण नगरेपछि पुन: विधिअनुसार सपथ ग्रहण गराउनुपर्ने माग गर्दै सर्वोच्चमा दायर भएका रिटको सुनुवाई प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासमा पुगेको छ ।

आइतबार वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली, अधिवक्ताहरु लोकेन्द्र ओली र सन्तोष भण्डारीले प्रधानमन्त्रीलाई पुनः शपथ गराउन माग गर्दै सर्वोच्च रिट दायर गराएका थिए ।

प्रधानमन्त्री ओलीले पूर्ण शपथ नलिएको हुनाले फेरि सपथ गराउनु निवेदकहरुको माग छ । प्रधानमन्त्री ओलीले शुक्रबार प्रधानमन्त्रीको शपथ लिँदा ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द राष्ट्रपतिले सो शब्द दोहोर्याउँदा समेत ‘त्यो पर्दैन’ भनेका थिए ।

त्यस्तै, दोस्रोपटक मन्त्री नियुक्त गरिएका मणिचन्द्र थापा, दावा लामा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह, गौरीशंकर चौधरी र रामबहादुर थापाको नियुक्ति बदर गर्न माग समेत गरेका छन् ।

प्रधानमन्त्री र राष्ट्रपतिको कार्यालयलाई समेत विपक्षी बनाएर अधिवक्ताले संघीय संसदको सदस्य नभएको व्यक्तिलाई दोस्रोपटक मन्त्री बनाउनु असंवैधानिक रहेको दावी गरेका छन् ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा