बहुमतको सरकार गठनबाट प्रचण्ड-देउवा ब्याक

spot_img

काठमाडौं – नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले बहुमतको सरकार गठनका लागि राष्ट्रपतिसमक्ष दावी पेश नगर्ने निष्कर्षमा पुगेका छन् । गठबन्धनको सरकार निर्माण गर्नका लागीका बहुमत नपुगेपछि कांग्रेस र माओवादीले नयाँ सरकार गठन गर्नका लागी दावी पेश नगर्ने भएका हुन् ।

नेकपा एमालेको माधव समूह र जसपाको महन्थ समूह दुवैले बहुमत सरकार गठनमा सहयोग नगर्ने निश्चित भएपछि देउवा र प्रचण्ड एक स्टेप ब्याक भएका हुन् ।

यससंग अब पुन केपी ओली नेतृत्वकै सरकार बन्ने निश्चित भैसकेको छ । राष्ट्रपतिले संविधान धारा ७६ (२) का अनुसार विहीवार राती नौ बजेसम्म गठबन्धन सरकारको लागि आव्हान गरेकी थिइन् । तर वैकल्पिक सरकार बनाउन संसद नपुगेपछि संविधानको धारा ७६ (३) मा टेक्दै राष्ट्रपतिले ओलीलाई पुन प्रधानमन्त्री नियुक्त गर्न सक्ने एमालेका एम नेताले बताए ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा