October 22, 2024, Tuesday
KN hd tv

सुशान्त सिंह आत्महत्याः कंगनाले शेयर गरिन् आलियादेखि साराका पुराना तस्वीर, लेखिन यस्तो स्टाटस

मुम्बई – बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउडमा खैलाबैला मच्चिएको छ । नातावादका कारण सुशान्तले आत्महत्या गरेको भन्दै चर्को बहस भएको छ ।

दर्शकले लगातार सलमान खान, शाहरुख खान, करण जोहरजस्ता सेलिब्रेटीको विरोध गरिरहेका छन् । बलिउड अभिनेत्री कंगना रनावतले पनि खुलेर विरोध जनाएकी छिन् ।

हालै कंगनाले केही नायिकाहरुका पुराना तस्वीर शेयर गर्दै ‘फिल्म माफिया’ को ट्याग दिएकी छिन् ।

सुशान्तको मृत्यपछि कंगनाले लगातार भिडियो शेयर गरिरहेकी छिन् । उनले भिडियोमार्फत आफ्ना कुरा पनि शेयर गरिरहेकी छिन् ।

कंगनाले ट्वीटरमा स्टारकिड्सका तस्वीर शेयर गरेर ट्वीटरमा हंगामा मच्चाइदिएकी छिन् । उनले बलिउडका स्टारकिड्सको तस्वीर शेयर गर्दै भनेकी छिन् कि, बाहिरी कलाकारलाई कति पश्चाताप हुन्छ ।

उक्त पोस्टमा कंगनाले सारा अली खान, आलिया भट्ट सोनम कपूर र सोनाक्षी सिन्हाका पुराना तस्वीर राखेकी छिन् । उनले भनेकी छिन् – कुनै संघर्ष गर्ने युवतीविना उनीहरु स्टार बनिरहेका छन् ।

तस्वीरका साथ क्याप्सनमा कंगनाले लेखेकी छिन् – केही व्यक्तिहरुले भन्छन् कि, यो बोडी शेमिङ होइन, यही कारण करण जोहरजस्ता फिल्म माफिया दर्शकका लागि एक रियालिटी चेक हुन्छ ।’

अहिलेसम्म कुनै स्टारकिड्सको पनि यसमा प्रतिक्रिया आएको छैन । 

शीर्ष समाचार

धेरै पढिएको