तनावका बाबजुद दक्षिण कोरियाली राष्ट्रपतिद्वारा उत्तर कोरियालाई वार्तामा आउन आह्वान

काठमाडौँ । दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले उत्तर कोरियासँगको बिग्रँदो सम्बन्ध सुधार गर्दै लामो समयदेखि अवरुद्ध कूटनीतिक संवाद पुनर्जीवित गर्न आग्रह गरेका छन्।

सशस्त्र सेना दिवसको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति लीले हालैको सीमा क्षेत्रको घटनाले बढाएको तनावलाई चिर्दै शान्तिपूर्ण सहअस्तित्वका लागि संवाद अपरिहार्य रहेको बताएका हुन्। हालै असैन्यीकृत क्षेत्र (डिएमजेड) मा भएको विस्फोटनमा तीन जना दक्षिण कोरियाली सैनिक घाइते भएपछि दुई देशबीचको सैन्य द्वन्द्व थ aप चुलिएको छ। दक्षिण कोरियाले यसलाई युद्धविराम सम्झौताको उल्लङ्घन भन्दै उत्तर कोरियाको संलग्नता रहेको दाबी गरे पनि प्योङयाङले भने सो आरोप ठाडै अस्वीकार गर्दै आएको छ।

सीमावर्ती क्षेत्रका यी घटनाक्रमले कोरियाली प्रायद्वीपमा सुरक्षाको चुनौती थपेका बेला आएको यो आह्वानलाई अर्थपूर्ण रूपमा हेरिएको छ। क्षेत्रीय शान्ति स्थापनाका लागि आगामी दिनमा यो कूटनीतिक पहलले कस्तो मोड लेला भन्ने विषयमा अहिले अन्तर्राष्ट्रिय समुदायको चासो बढेको छ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा