विपक्षी दलहरुले सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा उपस्थीति माग गर्दै संसद अवरुद्ध गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थीति हुनुपर्ने माग गरेका विपक्षी दलहरुले प्रधानमन्त्री उपस्थीत हुने संकेत नपाएपछि प्रधानमन्त्रीको राजिनामा नै मागेका हुन् । बैठकमा प्रधानमन्त्री उपस्थीत हुनुपर्ने माग गर्दै उठेर अवरोध गरेका विपक्षी सांसदहरुलाई सभामुख डिपि अर्यालले पटक पटक बस्न आग्रह गरे पनि उनिहरु बसेन् । निरन्तर प्रधानमन्त्री उपस्थीत हुनुपर्ने आवाज विपक्षीले उठाईरहेपछि कतिपय सत्तारुढ दल रास्वपाका सांसदले प्रतिवाद गरेका थिए । सो क्रममा संसदको दृश्य नै अशोभाविक देखिएको थियो । सत्तारुढ र विपक्षी बीच झडपको अवस्था सृजना हुन खोजे पछि विपक्षी दलका संसदहरुले प्रधानमन्त्रीको राजिनामा मागेका थिए । श्रम संस्कृति पार्टी, राप्रपा लगायतका सांसदहरुले संसदमै प्रधानमन्त्री ‘राजिनामा दे’ नारा लगाएका थिए । प्रधानमन्त्रीको विरुद्धमा नारा लाग्दा कतिपय रास्वपाका सांसदहरु भने मन्द मुस्कानमा देखिन्थे । राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम पस्तुत गर्ने क्रममा नै बहिस्कार गरेको आरोप लागेका प्रधानमन्त्री शाहले संसदको अपमान गरेको भन्दै चौतर्फी आलोचना बढीरहेको छ ।
विपक्षीले मागे प्रधानमन्त्रीको राजिनामा, रास्वपा सांसद मन्द मुस्कानमा
