काठमाडौँ : विसं २०८३ सालको पहिलो दिन स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ।
हिजो ४०० रुपैयाँले घटेर तोलाको २ लाख ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ३ हजार १०० रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ९९ हजार ८०० रुपैयाँमा पुगेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको छ। चाँदी प्रतितोला १६५ रुपैयाँले बढेर ५ हजार ६५ रुपैयाँ कायम भएको छ। हिजो चाँदीको भाउ तोलाको ४ हजार ९०० रुपैयाँ थियो।

