दिल्ली उड्न अघि ओलीसँग प्रचण्डको २५ मिनेट भलाकुसारी

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच एक्लाएक्लै भेटवार्ता भएको छ। आजै साँझ भारतको नयाँ दिल्ली जान लागेका संयोजक प्रचण्डले त्यसअघि अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन्।

आजै साँझ भारतको नयाँ दिल्ली जान लागेका संयोजक प्रचण्डले त्यसअघि अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन्। प्रचण्ड आज भारतको राजधानी नयाँदिल्ली जाने कार्यक्रम तय भएको छ। आइतबार बिहान उनीहरूबीच ललितपुरको च्यासलमा एक्लाएक्लै भेटवार्ता भएको प्रचण्डको सचिवालयले जनाएको छ।

विभिन्न कम्युनिस्ट घटक मिलेर बनेको नेकपाको प्रवासी संगठनहरूको एकता सन्देश सभालाई सम्बोधन गर्न प्रचण्ड आइतबार साँझ दिल्ली जान लागेका हुन्।

राष्ट्रिय सभा निर्वाचन, फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा मिलेर जाने विषयमा उनीहरूबीच कुराकानी भएको छ।

स्रोतका अनुसार दुई दिन अघि नेकपा (एमाले) महासचिव शंकर पोखरेल र नेकपाका नेता बर्षामान पुनबिच पनि भेटवार्ता भएको थियो । त्यही भेटपछि आज शिर्ष तहमा भेटवार्ता भएको हो ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा