कांग्रेस बैठक आज, विषेश महाधिवेशनको तयारीमा लागेका महामन्त्रीद्वय के गर्छन् ?

काठमाडौं : नेपाली कांग्रेसले आज केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ । पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विषेश महाधिवेशनको घोषणा गरेपछि कांग्रेसले त्यसबारे छलफल गर्न कार्यसमितिको बैठक बोलाएको हो ।

बैठक दिउँसो ३ बजे कांग्रेस केन्द्रीय कार्यायलय (ललितपुर) मा बस्ने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
महामन्त्रीद्वय थापा र शर्माले बिहीबार पार्टीको नियमित महाधिवेशन स्थगन घोषणा गरेपछि नेपाली कांग्रेसमा खैलाबैला मच्चिएको छ।

महामन्त्रीहरूले बिहीबार साँझ संयुक्त वक्तव्य जारी गरी अब विशेष महाधिवेशनतर्फ अघि बढ्न आह्वान गरेलगत्तै सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकसँग छलफल गरेका छन्।

यस्तै उनले यस विषयमा आज पनि पार्टीका शीर्ष नेताहरूसँग छलफल गर्दै छन्।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा